Need Help ?
Call: +977- 014282985

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय काठमाण्डौंमा !!!

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालय तथा शिक्षा विभाग मार्फत निर्देशित  नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रत्यक्ष र प्रभावकारीरुपमा  कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा जिल्ला  शिक्षा कार्यालयको स्थापना भएको हो । जिल्ला शिक्षा कार्यालय काठमान्डौमा शिक्षा सेवा रा प द्धितीय श्रेणीका अधिकृत प्रमुख १ जना , सहायक जि शि अ  ६ जना,  शाखा अधिकृत २ जना, विद्यालय निरीक्षक १३ जना, लेखा अधिकृत १ र इन्जिनियर १ जना अधिकृत कर्मचारी तथा अन्य कर्मचारीहरुको दरवन्दि यस कार्यालयमा रहेको छ । साथै संचालित कार्यक्रमलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नको लागि जिल्ला भरिमा २३ स्रोतकेन्द्रमा स्रोतव्यक्तिको व्यवस्था गरिएको छ ।