Need Help ?
Call: +977- 014282985

जि. शि. अ.

जयाप्रसाद आचार्य

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालय तथा शिक्षा विभागको मातहतमा उक्त निकायहरुद्वारा निर्धारित  नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा जिल्ला  शिक्षा कार्यालयको  स्थापना भएको हो । जिल्ला शिक्षा कार्यालयको प्रमुखको रुपमा गुणस्तरीय शिक्षा विकासको लागि शिक्षा मन्त्रालय तथा विभागको निर्देशन अनुसार सक्दो प्रयास भइरहेको छ । शिक्षा क्षेत्रमा आइपर्ने समस्याहरुलाई व्यवस्थितरुपले समाधान गर्दै काठमाण्डौं जिल्लाको शैक्षिक विकास गर्नमा सबै सरोकारवालाहरुको समेत सहयोग रहेको र आगामी दिनमा समेत सहयोग रहने विस्वास लिएको छु ।